लिखु पिके गाउँपालिकाको संक्षिप्त्त परिचय

नेपालको काेशी प्रदेश अन्तर्गत पर्ने सोलुखुम्बु जिल्लाको दक्षिण-पश्चिम दिशामा अवस्थित लिखु पिके गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो ।  नेपालको  संविधान २०७२ ले अङ्गिकृत गरेको तीन तहको राज्य संरचना बमोजिम स्थानिय तह बर्गिकृत हुँदा सोलुखुम्बु जिल्लाका साविक गाउँ विकास समितिहरु  गोलि, चौंलाखर्क र भकान्जेलाई समेटेर वि. सं. २०७३ फाल्गुण २७  गते लिखु पिके गाउँपालिका स्थापना गरिएको हो । विश्वसंम्पदा सुचिमा सुचिकृत नेपालको पहिचान सर्वोच्च शिखर सगरमाथा यसै जिल्लामा पर्ने हुँदा यस गाउँपालिकाको समेत बिशेष ऐतिहासिक महत्व रहेको छ ।